पाकिस्तानसँगको दोश्रो टेष्ट: अष्ट्रेलिया पहिलाे पारीमा १ सय ३७ रनले पछाडि

 असोज ३१, २०७५ बुधबार १९:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानसँगको दोश्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १ सय ३७ रनले पछि परेको छ ।

पाकिस्तानलाई २ सय ८२ रनमा अलआउट गर्दै पहिलो पालीको ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो पालीमा १ सय ४५ रन मात्र बनाउन सकेपछि १ सय ३७ रनले पछि परेको हो ।

अष्ट्रेलियका आरोन फिन्चले ३९ र मिचेल स्टार्कले ३४ रन बनाए । पाकिस्तानका मोहम्मद अब्बासले ५ र बिलाल आशिफले ३ विकेट लिए । पाकिस्तानले दोश्रो पारीकाे ब्याटिङ शुरु गरेको छ । पहिलाे दाेस्राे दिनकाे खेल सकिनुअघि पाकिस्तानले दोस्राे पारीकाे४४ अाेभर खेल्दै २ विकेटकाे क्षतिमा १४४ रन बनाएकाे छ । 

यसरी हेर्दा  दाेस्राे दिनकाे खेल सकिएपछि पाकिस्तानले अष्ट्रेलिया२८१ रनले पछाडि छाेडेकाे छ ।

यसैबीच,  इंग्ल्याण्ड र श्रीलंकाको तेश्रो एकदिवसीय क्रिकेट वर्षाका कारण शुरु हुन सकेको छैन । ५ एकदिवसीय क्रिकेटको श्रृंखलामा इंग्ल्याण्ड १ शून्यले अघि छ । यी दुई देशबीच एक ट्वेण्टी-ट्वेण्टी र तीनवटा टेष्ट क्रिकेट पनि हुनेछन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया