राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : ओली

 चैत २२, २०७९ बुधबार १८:५१:३० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्ने बताउनुभएको छ । 
    
अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताउनुभयो । 

'राष्ट्रियगानको सुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ', ओलीले भन्नुभयो, 'तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द सुरु हुनुअघि धुन राखिएको छ, त्यो ठीक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट सुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।'

सामाजिक कुरीति र विकृति हटाउन सामाजिक अभियान चलाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायका लागि ओबीसी महासङ्घको अगुवाइमा हुने सामाजिक अभियानमा आफ्नो पार्टीको भरपुर सहयोग रहने बताउनुभयो ।
 
गरिबी अन्त्य गरी समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उहाँको भनाइ थियो । वीरगञ्जमा रहेकाे टाउन हलमा सुरु भएको ओबीसी महासङ्घको महाधिवेशन भोलिसम्म चल्ने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Vishnu Thulung Rai

    Aug. 2, 2023, 10:49 a.m.

    यसलाई सबै विषयको जान्ने हुन पर्ने ! बिगार्न बाहेक केही नजान्ने !

  •  0 Reply
  • Dinesh Rai

    April 5, 2023, 9:15 p.m.

    Timro sarkar huda ke herera baseko ta ,,aape kura nagarana buda marne bela

  •  0 Reply

तपाईको प्रतिक्रिया