ललितपुरको बखुण्डोलमा जमिन भासियो : ५ वटा घर जोखिममा

 चैत २५, २०७९ शनिबार ११:१२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर महानगरपालिका-१ बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् । घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको थियो। स्थानीय बासिन्दालाई गएराति नै सुरक्षित ठाउँमा सारिएको छ।

घटनाको जानकारी लिएर जमिन भासिनुको कारणबारे प्राविधिकले अध्ययन थालेका पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया