भक्तपुरमा खुला रुपमा जाँडरक्सी बिक्री गर्न रोक

 चैत २६, २०७९ आइतबार ७:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/ गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।

भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा जाँडरक्सी बिक्री हुँदा हिंसा, अपराध जस्ता घटना हुनसक्ने भन्दै जाँडरक्सीको खुला बिक्रीमा रोक लगाइएको उहाँको भनाइ छ ।

खुला वा बोतलमा जाँडरक्सीको बिक्री वितरण, ओसारपसार तथा खाएकाे पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही हुनेछ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी आउँदो बिहीवार, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र खुला रुपमा जाँडरक्सी बिक्रीमा रोक  लगाइएको छ । 

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया