साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैंका अवसरमा देशबासीलार्इ शुभकामना सन्देश दिनुभएकाे छ।
राष्ट्रपतिकाे कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान चाड बडादसैं, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएकाे छ ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना सन्देश ।
नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।
असत्यमाथि सत्यको विजय भएकोमान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीलेसबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघटएवं पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेकोहाम्रो साँस्कृतिक बैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भातृत्व अभिबृद्धिमा ठूलो मद्दत पुर्याउने कुरामा म विश्वस्त छु । घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक साँस्कृतिक क्रियाकलापएवं उत्सव हुने गरेका छन् । महापर्वको यस महत्वपूर्णअवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आर्शिवादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्याएको छ । यसैगरी दशैँघरमाकृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको छ ।यसरी महान चाड दशैँले साँस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको छ ।
हाम्रो समाजमाअनादिकालदेखि हर्षोल्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन् । हाम्रोधरोहरका रूपमा रहेकाचाडपर्वहरु बहुमूल्य साँस्कृतिक सम्पदासमेत हुन् र यिनको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्नेविश्वास लिएको छु ।
अन्तमा, खुशीयालीको पर्वको रूपमा रहेकोविजया दशमीले सबैमा नयाँ उत्साह एवं उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्नत नेपाल र सुखी नेपालीबनाउनप्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद !
२०७५ कार्तिक २ गते शुक्रबार ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।