इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - म्याग्दीको धौलागिरि बेस क्याम्पमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
इटालियन बेस क्याम्पबाट उडेको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा ‘फोर्स ल्यान्डिङ’ गर्दा सामान्य दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उज्यालोलाई जानकारी दिनुभयो।
‘कार्गो हेलिकप्टर फोर्स ल्यान्डिङका क्रममा सामान्य दुर्घटनामा परेको हो, यसलाई दुर्घटना पनि भन्न मिल्दैन, घाइते भएका पाइलटलाई उद्धार गरेर काठमाण्डौ ल्याइँदै गरेको छ,’ उहाँले भन्नुभयो । हेलिकप्टरमा जम्मा एकजना पाइलट मात्रै रहेका थिए ।
तस्बिर : हेलि एभरेष्टकाे पेज
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।