मेयर शाहको निर्देशनपछि सिंहदरबारबाट फोहोर उठाउन बन्द

 चैत २६, २०७९ आइतबार १६:४४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ ।

मेयर शाहले हिजो शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले सहयोग नगरेको भन्दै अब सिंहदरबारकै फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । हिजोदेखि सिंहदरबारको फोहोर नउठ्दा ठाउँ–ठाउँमा फोहोरका थुप्रा देखिन थालेका छन् ।

सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन नेपाल नामक संस्थाले मेयर शाहको निर्देशनका कारण फोहोर उठाउन बन्द गरिएको जानकारी दिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठाउने गरे पनि हिजो र आज उठाउने काम बन्द भएको कम्पनीले जनाएको छ ।

सिंहदरबार रहेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले अहिले सिंहदरबारभित्रको फोहोर नउठाएको बताउनुभयो । उहाँले सिंहदरबारबाहेक वडाको सबैतिरको फोहोर उठेको तर सिंहदरबारमा विशेष कारणवश मेयर शाहको निर्देशनमा रोकिएको भन्ने जानकारी पाएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया