राैतहटकाे ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 चैत २६, २०७९ आइतबार १८:४६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध झन्डै डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

गुप्ताले गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि छानबिन गर्दा एक करोड ४९ लाख ९७ हजार रुपैयाँको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

२०५१ सालको वैशाखमा सेवा प्रवेश गरेका गुप्ताले २०७९ सालको जेठसम्ममा गुप्ताको आम्दानी र खर्चको हिसाब गर्दा स्रोत नखुलेको एक करोड ४९ लाख ९७ हजार रुपैयाँलाई बिगो कायम गरी त्यही बराबर जरिबानासमेत माग गरेर मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले नन्दकिशोर गुप्ता र उनकी श्रीमती उषा गुप्ताको नाममा अहिले कायम सम्पत्तिबाट जफत गरी पाउन मागदाबी पनि गरेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया