सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
असोज १४, २०८० आइतबार
धादिङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भएको आराेप लगाउनुभएकाे छ । एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्यरूपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र सङ्टकग्रस्त बनेकाे उहाँकाे भनाइ थियाे ।
पार्टीकाे 'मिसन ग्रासरुट' कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुबी भ्यालीमा आयोजित कार्यक्रमकाे सम्बाेधनका क्रममा अध्यक्ष ओलीले देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउनुभयाे । उहाँले रुबी भ्याली जस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्धनमा ध्यान दिनसके आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो । उहाँले आफू ५० वर्ष अगाडि जेलमा रहँदा नै रुबी भ्यालीकाे बारेमा सुनेकाे स्मरणसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले रुबी भ्यालीकाे विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने आश्वासन दिँदै धादिङबेसीदेखि रुबी भ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तराेन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयाे ।
रुबी भ्यालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आजै हेलिकप्टरबाट पुग्नुभएका ओलीले रुबी भ्यालीको पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्नुभएको थियाे ।
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।