इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङगाेलालगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवनसमेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘उत्तरी सीमाका नाकाहरू खाेल्न छिटो भन्दा छिटो कुटनीतिक पहल होस् । नाका खुल्दा केही अंशमा भए पनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ । रोजगारी सिर्जनामा पनि नयाँ अवसर सिर्जना हुन सक्छ ।’
सांसद बडूले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।