निगमलाई मन्त्री किरातीकाे प्रश्न : ‘उडान हुने गन्तव्यमा पाङ्ग्रा किन राख्न नसकेकाे ?’

 चैत २७, २०७९ सोमबार २१:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई प्रश्न साेध्नुभएकाे छ । 

मन्त्री किरातीले निगमलाई जहाजकाे पाङ्ग्रा बिग्रिएकाेदेखि विमानस्थलमा सामान हराइरहेका गुनासाेकाे बारेमा आज साेमवार प्रश्न साेध्नुभएकाे हाे । निगमका जहाजमा पटक–पटक समस्या देखिँदै आएकाे छ । पाइलट बिरामी पर्दा अर्का पाइलट नहुँदा उडान ढिलाे हुने गरेकाेदेखि जगेडा पाङ्ग्रा नहुँदा पटक–पटक निगमकाे उडानमा ढिलाइ हुँदै आएकाे छ । निगमकाे प्राविधिक र व्यवस्थापकीय कमजोरी सुधार्नका लागि मन्त्री किरातीले प्रश्न साेध्नुभएकाे हाे । उहाँले साेधिएका प्रश्नकाे तीन दिनभित्र उत्तर पेस गर्न पनि निगमलाई भन्नुभएकाे छ ।  

यस्ता छन् प्रश्न–

१. चार्टर्ड उडानबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने । 

२. दिल्लीमा निगमकाे जहाजकाे पाङ्ग्रा बिग्रेका कारण उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रालगायत सानातिना पार्टपुर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाण्डाै–दुबई सेक्टरमा उडानकाे अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो  ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?  

४. विमानस्थलमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले त्यसलाई नियन्त्रण गर्ने कार्ययोजना के–कस्तो छ ? पेस गर्ने ।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पदबहालीपछि ट्विनअटर जहाज कति पटक 'ग्राउन्डेड' भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आउँदाे दिनमा यस्तो हुन नदिने कार्ययोजना हुनुपर्छ कि पर्दैन ? पेस गर्ने ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dilip Bagale Thapa

    April 10, 2023, 7:05 p.m.

    Esto ghinlagdo kam garda pani talab vatta khana kasari sakeko ,k Nepal Sarkar nalayak nae hooo tw.

  •  0 Reply

तपाईको प्रतिक्रिया