इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रमुख दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
बिहान सभामुख निवास बालुवाटारमा बसेको सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।
बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल गर्ने सहमति भएकाे छ । अर्को बैठक आउँदो वैशाख १ गते सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकको विषय र प्रक्रियाबारे छलफल गर्न सकिने तर यसलाई छिटै टुङ्ग्याउनुपर्ने बताउनु भएको थियो ।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि न्यायपूर्ण र सबै पक्षले स्वीकार्य हुने गरी अघि बढ्नुपर्ने भन्दै आफूहरू टीआरसी विधेयकलाई चाडै टुङ्ग्याउने पक्षमै रहेको बताउनु भएकाे थियाे । यसअघिको बैठकमा सत्तारूढ दलले टीआरसी विधेयक संसदीय समितिमा नपठाइ फास्ट ट्रयाकबाट पारित गर्न चाहेको बताएका थिए भने एमालेले समितिमा छलफल गरेर मात्रै सहमति जुटाउनुपर्ने अडान राखेको थियो ।
संसदीय समितिमा नपठाइ टुङ्ग्याउनुपर्ने सत्तारूढ दलको प्रस्तावमा प्रमुख विपक्षी एमालेले असहमति जनाएपछि आज फेरि छलफल भएको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।