आउँदाे आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइने

 चैत २८, २०७९ मंगलबार १२:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।

मङ्गलवार आज काठमाण्डौमा भइरहेकाे वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सतिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा विस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले शाखा विस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताउनु भयो।

उहाँले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताउनु भयो । उहाँले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धानका गतिविधिहरुलाई तीव्रता दिन पनि आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘अनुसन्धानको दायरा बढाउन हामीले यसको शाखा हरेक प्रदेशमा विस्तार गर्नुपर्छ । त्यसको लागि मन्त्रालय लागि परेको छ । हामीले प्रादेशिक रुपमा अघि लैजानुपर्ने भन्ने मुख्य आवश्यकता हो । त्यसका लागि हामी गहन छलफलमा छौँ । कोरोना कालमा गरेका अनुसन्धानले पनि हामीलाई धेरै मद्दत पुगेको छ, अब हामीलाई नसर्ने रोगका लागि धेरै अनुसन्धान चाहिएको छ । हाम्रा नीतिहरु त्यसैअनुरुप अघि बढ्नु आवश्यक छ ।’

 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया