देशका ६ सयभन्दा धेरै ठाउँमा डढेलो, काठमाण्डौमा घरबाहिर निस्कँदा धुवाँको गन्ध

 चैत २८, २०७९ मंगलबार १९:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकामा घरबाहिर निस्कँदा धुवाँको चर्को गन्ध अनुभव भइरहेको छ । वायुमण्डलको तल्लो तहमै धुवाँ फैलिएकोले घरबाहिर निस्कँदा धुवाँको गन्ध अनुभव भएको हो । यो धुवाँ देशका विभिन्न ठाउँमा भइरहेको डढेलोबाट आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले जानकारी दिनुभयो । 

शर्माका अनुसार पछिल्लो २४ घण्टामा देशका छ सय दुई वटा ठाउँको जङ्गलमा डढेलो लागेको छ । उपत्यकासहित धेरै ठाउँको हावामा धुवाँ फैलिरहेको छ । केही ठाउँमा धुवाँले अकाश धुम्मसमेत भएको छ । कतिपय जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्ने जोखिमसमेत बढेको डढेलोविद् शर्माले बताउनुभयो ।  

नेपालमा यस वर्ष तुलनात्मक रूपमा डढेलोको जोखिम बढी रहेको पनि शर्माले बताउनुभयो । हिउँदमा पानी कम परेको र गएको वर्ष कम डढेलो लाग्दा जङ्गलमा इन्धन बढी भएकोले यो वर्ष जोखिम बढी भएको उहाँले बताउनुभयो । 

यस्तै डढेलोका प्रायः सबै घटना मानवीय कारणले हुने गरेका छन् । केही दुर्घटनावश भए पनि धेरैजसो घटना लापार्बाहीका कारण हुने गरेका छन् । झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tej Bahadur Karki

    April 12, 2023, 8:25 p.m.

    Aago lagaune lai patta lagayera life time jel kochnu parxa.

  •  0 Reply

तपाईको प्रतिक्रिया