इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – रौतहटमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । गरुडा नगरपालिकाको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली लागि एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हातमा गोली लागेका गरुडा नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय गजेन्द्र यादवको उपचार भइरहेको छ । चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गरुडा बजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रु ग्यास तथा गोली प्रहार गरेको छ । मेयरका उम्मेदवार रहेका दीपक यादवको टोलीले गरुडा नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
यादवको टोलीले केही दिनदेखि नै नगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएको छ । नगरपालिकामा भएको कमको गतिविधिको सूचना माग्दै यादव आमरण अनशनसमेत बस्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।