सिरहा : अस्पतालकाे जेनेरेटरमा आगलागी हुँदा भाग्ने क्रममा एक जनाकाे ज्यान गयाे

 चैत २९, २०७९ बुधबार १९:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिरहामा रहेको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी हुँदा भाग्ने क्रममा एक जनाको ज्यान गएको छ ।

सदरमुकाम सिरहा बजारमा रहेको प्रादेशिक अस्पतालमा आज बुधवार दिउँसो भएको घटनामा सिरहाको बरियारपट्टी नगरपालिका वडा नम्बर २ खोक्सीका ६० वर्षका प्रदीपकुमार दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो । डायलासिसपछि शरीरमा रगत चढाउँदै गरेको बेला भाग्दा दासको अक्सिजन छुट्नुको साथै रगतको पाइप चुडिएर रक्तश्रावसमेत भएको पाइएको अस्पतालले जनाएको चौधरीले बताउनुभयो ।

डायलासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएको हो । तीन वर्षदेखि बिरामीबाट थलिएका दासको प्रादेशिक अस्पताल सिरहामा हरेक हप्ताको बुधवार डायलासिस हुँदै आएको थियो । आगलागीको समयमा आठ जना बिरामीले डायलासिस गराइरहेका थिए । आगलागीबाट जेनेरेटर सहित झ्याल ढोकामा क्षति पुग्दा झन्डै ४० लाख रुपैयाँ बराबरको नोक्सान भएको अनुमान गरिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया