सबैभन्दा धेरै बेरुजु तेह्रथुमको आठराईमा, प्युठानका २ वटा पालिकामा बेरुजु शून्य

 चैत ३०, २०७९ बिहीबार १७:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङकाे आठराई गाउँपालिकाकाे भवन

काठमाण्डाै – महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । एक वर्षमै सरकारको बेरुजु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ । यस्तै पालिकाकाे बेरुजु ४२ अर्ब ८८ करोड नाै लाख रुपैयाँ छ ।

पालिकामध्ये सबैभन्दा धेरै तेह्रथुमको आठराई गाउँपालिकामा २० दशमलव २१ प्रतिशत बेरुजु कायम भएको छ । प्युठानका दुई वटा पालिकाले देशभरमै उत्कृष्ट परिणाम हासिल गरेका छन् । प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिकामा बेरुजु शून्य रहेको छ ।

यस्तै प्रदेशतर्फ सबैभन्दा धेरै बेरुजु कर्णालीमा र सबैभन्दा कम गण्डकीमा रहेको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया