भक्तपुरमा बिस्केट जात्राको उत्सव : बिहानैदेखि दर्शनार्थीको भिड, आज लिङ्गो ढालिँदै

 वैशाख १, २०८० शुक्रबार ८:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज लिङ्गो ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ।

भेलुखेलमा जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट दर्शनार्थीको आज बिहानैदेखि भिड लागेको छ। चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ।  

आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ।

त्यस्तै, भक्तपुरको कुम्हा टोलमा हिजो दिउँसो हात नभएको लिङ्गो ठड्याएको छ । भेलुखेलमा ठड्याएको लिङ्गो आज ढालिन्छ भने हात नभएको लिङ्गो आउँदो वैशाख ५ गते ढालेपछि यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिनेछ।

त्यस्तै, काठमाण्डाैको टोखा साँखुमा पनि बिस्काः जात्रा चलिरहेको छ। 

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया