इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नयाँ वर्ष २०८० को आगमनसँगै पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँमा नयाँ वर्षको अवसरमा मेला महोत्सव समेत भइरहेका छन् ।
पोखरा, लुम्बिनी, चितवन, धनगढी, नेपालगञ्ज, इलाम लगायत प्रमुख पर्यटकीय गन्तव्यहरुमा पनि नयाँ वर्ष विशेष विभिन्न मेला, महोत्सव र कार्यक्रम भइरहेका छन् । नयाँ वर्षको मौका छोपेर होटल रेष्टुराहरुले २० देखि ४० प्रतिशतसम्म छुट दिएकाले पनि घुम्न जानेहरु आकर्षित भएका छन् ।
नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । नयाँ वर्षलाई स्वागत गर्न हिजोदेखि नै बन्दिपुरमा पर्यटकको भिड बढेको बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिनुभयो ।
नयाँ वर्षका अवसरमा बन्दिपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पर्यटकको सङ्ख्या बढेको उहाँले बताउनुभयो । यस्तै, पर्यटकीय नगरी पोखरामा नयाँ वर्षको स्वागतका लागि भव्य कार्यक्रम भइरहेको छ ।
पोखराको लेकसाइडमा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुगेका छन् । ठाउँ ठाउँमा भजन, पन्चेबाजासहित नयाँ वर्षको स्वागत गरिएको छ । यस्तै, काठमाण्डौ र भक्तपुरका पर्यटकीय क्षेत्रमा पनि विशेष कार्यक्रम भइरहेका छन् ।
प्रायः विदेशी पर्यटकले भरिभराउ हुने काठमाण्डौको ठमेलमा अहिले स्वदेशी पर्यटकको चहलपहल बढेको छ । यसपालि नयाँ वर्ष र शनिवारको बिदा लगातार परेकाले पनि विभिन्न ठाउँमा घुम्न जानेहरुको सङ्ख्या बढेको छ । कोभिड महामारीका कारण सुस्ताएका बेला आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।