पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि पंखु खोला पुलको काम सक्ने ठेकेदारको ‘कबुल’

 वैशाख १, २०८० शुक्रबार १५:२२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – पक्राउ गर्न प्रशासनमा पत्र पुगेपछि मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भञ्ज्याङ–दिक्तेल सडक खण्डमा पर्ने पंखु खोलाको मोटरेबल पुल अलपत्र पार्ने ठेकेदार कम्पनीले चालु आर्थिक वर्षभित्र पुलको काम सक्ने कबुल गरेकाे छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडीको पंखु खोला मोटरेबल पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनका लागि चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि अत्तालिएका सिरुवा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक दिनेश पौडेलले चालु आर्थिक वर्षभित्र पुलको काम सक्ने कबुल गरेका हुन् । 

राज्यको सम्पत्ति अपचलन गर्ने र सार्वजनिक खरिद ऐन विपरीत निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गरेर कारबाहीका लागि प्रशासनमा पत्राचार परेपछि सिरुवा कन्ट्रक्शनले काम सक्ने लिखित प्रतिबद्धता जनाएको दिक्तेल रुपाकोटका मेयर तीर्थराज भट्टराइले बताउनुभयो । नगरपालिकाकाे वडा नम्बर ८ काे बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लामाे पुल निर्माणको काम वर्षाैँसम्म अलपत्र पारेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीका प्राेजेक्ट म्यानेजर सन्तोष ढुंगानालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन प्रशासनलाई पत्राचार गरेको थियो । 

२०७३ सालमै बनिसक्नुपर्ने पुलको अहिलेसम्म दुईतिरको पिलर ठड्याउने बाहेक अरू काम भएको छैन । अहिले पुलको वित्तीय प्रगति ४० प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशतमात्र भएकाे छ । सिरुवा कन्ट्रक्शनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेस्राे पल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यसयता पुलको म्याद थप भएको छैन । 

पिलरको जग ढलान गरेर वर्षाैँसम्म पुल अलपत्र पारेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले ठेक्का तोड्नका लागि मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिस गरेपछि अत्तालिएका ठेकेदारले पुस २३ गतेदेखि काम सुरु गराएजस्तो गरेका थियो तर पिलरको केही भाग ढलान थप गरेपछि फागुन २० गतेदेखि काम ठप्प पारेका थिए ।

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया