पाेखरा महानगरमा कृषि एम्बुलेन्स सञ्चालन

 वैशाख १, २०८० शुक्रबार १९:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाले आजदेखि कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । महानगरका मेयर धनराज आचार्यले कृषि एम्बुलेन्सकाे शुभारम्भ गर्नुभयाे । 

मेयर आचार्यले विभिन्न वडामा उत्पादन भएका कृषि उपजलाई सुरक्षितरूपमा बजार र उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेन्स सञ्चालन गरेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउन उनीहरूले उत्पादन गरेका सामग्रीलाई बजारको सरल र सहज पहुँचको आवश्यकता रहेको जनाउँदै महानगरले किसानमैत्री कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ  ।  

महानगरका कृषि तथा पशुपक्षी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने तथा उपभोक्ता र किसान दुवैले लाभ लिन पाउने बताउनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया