पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – अर्घाखाँचीकाे पाणिनी गाउँपालिका–६ धातिवाङ्गको ढुङढुङ्गेमा विभिन्न आकृतिमा रहेको रहस्यमय गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।
गुफाभित्र शिवलिङ्ग, पार्वती, गणेश, हात्तीको सुँढ र नागका आकृति भएका मूर्ति छन् तर प्रचारप्रसार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक पुग्न सकेका छैनन् । परापूर्वकालदेखि यस ठाउँमा गुफा रहे पनि २०६८ सालदेखि गुफामा आउजाउ हुन थालेकाे स्थानीय भोजराज पौडेलले बताउनुभयाे । ढुङढुङ्गे जङ्गलमा गुफा छ भन्ने हल्लापछि जङ्गलमा पुगेर खाेजी गर्दा गुफा भेट्टिएको हो ।
गुफाकाे प्रचारप्रसारका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशकाे ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट पाँच लाख रुपैयाँ विनियोजन भई गुफाको प्रवेशद्वारसँगै आधारभूत संरचना बनाएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयाे ।
गुफाभित्र रहेकाे विभिन्न किसिमका मूर्तिबाट पानीका थाेपा खसेकाे दृश्य देखिने स्थानीय शिक्षक हिमलाल पाैडेलले बताउनुभयाे । ‘गुफाको झन्डै ४५ मिटरभित्रसम्म मानिसहरू पस्ने गर्छन्, त्योभन्दाभित्र पनि गुफा छ भने पनि कति लामो छ भन्ने यकिन गर्न सकिएको छैन गुफाभित्र बत्ती बालेरमात्रै पस्न सकिन्छ’, उहाँले भन्नुभयाे ।
यसैबीच नयाँ वर्षको अवसरमा गुफाकाे परिसरमा रुद्री पूजा, भजनकृतन गरिएको छ । हरेक नयाँ वर्षको पहिलो दिन यहाँ रुद्री पूजा, भजनकृतन हुँदै आएकाे छ । गुफाको अध्ययन, अनुसन्धान गरी दर्ता गरेर व्यापक प्रचारप्रसार गर्ने तयारी रहेको छ ।
गुफाको संरक्षण तथा प्रचारका लागि स्थानीयवासी पनि सक्रिय हुन थालेका छन् । गुफाको ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्त्व रहेकाले यसको प्रचारप्रसार, संरक्षण, संवर्धनमा आफूहरू लागिपर्ने जनप्रतिनिधिहरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।