इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नयाँ वर्ष २०८० को अवसरमा देशभरका सबैजसो पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचाे लागेको छ । नयाँ वर्षकाे पहिलाे दिनलगत्तै शनिवार परेकाले कतिपय ठाउँमा आज पनि पर्यटकको घुइँचाे छ ।
काठमाण्डौ उपत्यका भित्र र वरपरका ठाउँसँगै देशभरका पर्यटकीय स्थलहरुमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । काठमाण्डौ उपत्यकाभित्रका स्वयम्भू, पशुपति, गोदावरी, बालाजु बाइसधारा, चम्पादेवी, चन्द्रागिरि, शिवपुरी, फूलचोकी, घ्याम्पेडाँडा, त्रिभुवन पार्क लगायतका ठाउँमा हिजो दिनभर नै घुम्न जानेहरुको चहलपहल थियो ।
मुख्य पर्यटकीय क्षेत्र पोखरा, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, चितवनको सौराहा लगायत ठाउँमा अस्ति बिहीवारदेखि नै चहलपहल बढेको छ । कतिपय ठाउँमा नयाँ वर्षको अवसर पारेर मेला महोत्सव पनि गरिएको छ ।
सुदूरपश्चिममा नयाँ वर्षको पहिलो दिनलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । बिसु पर्व मनाउनको लागि टाढा टाढाबाटसमेत परिवारका सदस्य र आफन्त घरमा जम्मा भएका छन् ।
सबै तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।