इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्वको रौनक छाएको छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा मनाउने गरिन्छ ।
कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा सिरुवा पर्व धुमधामकासाथ मनाइन्छ । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् । यो पर्वलाई समय परिवर्तनको सङ्केतको रुपमा पनि मनाउने गरिन्छ।
यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ । सिरुवा जुडशीतलमा आदिवासी समुदायको नजिकमा रहेका धार्मिकस्थलमा मेला लाग्ने गर्छ । यस्तो मेला वैशाख महिनाभरि नै ठाउँअनुसार फरकफरक दिनमा लाग्ने गर्दछ ।
सिरुवा पर्वमा मेला लाग्ने ठाउँमा ग्राम देवताको पूजा गर्ने प्रचलन छ । यसबाट उत्पादन बढी हुने जनविश्वास छ । जुडशीतल मनाउने दिन अग्रजले बालबालिकाको शिरमा पानी छर्कने र बोटबिरुवामा पनि पानी हाल्ने चलन छ ।
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्वको अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।