शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन

 वैशाख २, २०८० शनिबार ९:५६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाङ्मय शताब्दी पुरुष स्वः सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन भएको छ ।

सय वर्षीया उहाँको उपचारको क्रममा ललितपुरको किष्ट अस्पतालमा आज शनिवार बिहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो । गएको चैत १६ गतेदेखि श्वासप्रश्वासका समस्या कारण उहाँ किष्ट अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ साल माघ ३० गते चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो । उहाँहरूको इच्छाअनुसार राधा देवीको पनि शरीर किष्ट अस्पताललाई हस्तान्तरण गर्ने अणुराजले बताउनुभयो ।

बाङ्मय शताब्दी पुरुष जोशीको शरीर पनि मरणोपरान्त किष्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो । उहाँको गएको असोज ३० गते एक सय ३ वर्षको उमेर निधन भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया