प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

 वैशाख २, २०८० शनिबार ११:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गएराति पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गरी विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकेमा लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनु नपर्ने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप काम गर्दै जाने पनि बताउनुभयो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्न सक्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत रहेको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घट्ने क्रम सुरु भएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया