बालुवाटार घटना : असावधानीका कारण गोली पड्केको प्रहरीको दाबी

 वैशाख २, २०८० शनिबार ११:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते हुनुभएको छ ।

काठमाण्डौ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्कीएर उहाँ घाइते हुनुभएकाे उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घटनापछि प्रकाश पक्राउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् ।

गएराति १० बजेतिर भएको घटनामा खुट्टामा गोली लागेर घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले गोली नियतवश नभइ असावधानीका कारण पड्किएको दाबी गर्नुभएको छ । साथै उहाँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा हबलदार प्रकाश गैरीधारा निवासमा पुगेका थिए। 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया