इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - डढेलोका कारण काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको छ । अहिले काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।
भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सयभन्दा माथि छ ।
यस्तै, कीर्तिपुर, रत्नपार्क, मध्यपुर थिमि, हेटाैँडा र धनकुटाको हावा पनि अस्वस्थकर छ । यी क्षेत्रमा हावाको गुणस्तर मापन सूचक एक्यूआई झण्डै दुई सय पुगेको छ ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ ।
एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ । वायु प्रदूषण बढ्नुमा मौसमी अवस्थासँगै डढेलो मुख्य कारण रहेको वातावरण विज्ञहरु बताउँछन् । डढेलोका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । बिहानैदेखि धेरै ठाउँको मौसम धुम्म भएको छ ।
आज पहाडी क्षेत्रका एक/दुई ठाउँको मेघगर्जनसहित चट्याङ पर्ने अनुमान रहेको छ ।
यस्तै, तराईका जिल्लामा दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।