इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - कोरोना सङ्क्रमण बढेसँगै काठमाण्डाै उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु सङ्ख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ विरुद्धको खोप लगाउनेहरुको सङ्ख्या बाक्लिएको हो।
केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरु बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएकाे छ । तर कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।
उहाँले कोरोना भाइरस बढिरहनुको कारण अहिलेकाे लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिका रहेको बताउनु भयो ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १ दशमलव १६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको जानकारी दिनुभयाे । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताउनु भयो ।
कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाण्डाैको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिनुभयो । उहाँले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति बेहोर्न नपर्ने बताउनु भयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।