सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

 वैशाख ३, २०८० आइतबार १६:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध दुई अर्ब ६९ करोड ४० लाख रुपैयाँ बिगो माग गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यकारी निर्देशक पौडेलसहित नाै जनाले सेक्युरिटी प्रिन्टिङ प्रेसका उपकरण खरिद गर्दा राज्यकोषमा करोडौँ रुपैयाँ नोक्सानी पुर्‍याएकाे आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो । अख्तियारले कार्यकारी निर्देशक विकल पौडेलमाथि ६९ करोड आठ लाख रुपैयाँको बिगो मागदाबी गरेको छ ।

यस्तै सुरक्षण मुद्रण केन्द्रकै मेकानिकल इन्जिनियर नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख, लेखा अधिकृतबाट सेवा निवृत रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख, शाखा अधिकृत मनिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख र शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दर्ता भएको छ ।

यस्तै इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालीका प्रबन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख, मेपटेक विल्डिङ सर्भिसेस प्रालीका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध आठ लाख ६९ हजार रुपैयाँ बिगो माग गरेर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

आरोपी सबैले बदनीयतपूर्वक मेलेमतो गरी कमिसन लिएर ठेक्का लिएको र गुणस्तरहीन जेनेरेटर खरिद गरेको तथा आवश्यकता नै नरहेको फ्युल ट्याङ्क खरिद गरेको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया