इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाैकाे रत्नपार्कमा रहेकाे शान्तिवाटिकामा मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप भएको छ । सोमवार शान्तिवाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा त्यहाँबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडित एक सदस्यले बताए । उनले शान्तिपूर्णरूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लाैरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए । आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरिराख्ने उनले बताए ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्तिवाटिकामा नै प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको हो । प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेकाे प्रदर्शनकारीले बताए ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग गएकाे चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । तर त्याे सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।