चालक छतबाट खसेकाे प्रकरणमा लामिछाने– ‘चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउनु हाेला’

 वैशाख ४, २०८० सोमबार १६:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुःखमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गर्नुभएकाे छ । आफ्ना गाडी चालक दिलबहादुर थापा छतबाट खसेर घाइते भएपछि त्यस घटनालाई लिएर विभिन्न टिप्पणी आउन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्ताे आग्रह गर्नुभएकाे हाे । 

लामिछानेले त्यस घटनालाई लिएर प्रहरी अनुसन्धानमै रहेकाले संवेदनशील घडीमा माैका नछाेप्न र चाेट लागेकाे बेला नुन चुक बाेकेर नआउन भन्नुभएकाे छ । उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘आज बिहान प्रिय  शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । सीएमएस (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसँग तपाईँलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नुहुन्छ भने मलाई सहने शक्तिमात्रै दिनु होला । मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछाेप्नु होला ।’  

आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे थियाे । गोडामा र टाउकोमा चोट लागेका थापाकाे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया