इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
सोलुखुम्बु – सगरमाथा क्षेत्रमा पदयात्रा निर्माणका अभियन्ता पासाङ शेर्पाको ८१ वर्षको उमेरमा निधन भएको छ । माप्यदुधकोशी गाउँपालिका ४ काँकुमा वि.सं. १९९९ मा जन्मिनुभएका शेर्पाको आइतवार खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेमा निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।
शेर्पाले २०४१ सालदेखि आफ्नो जीवन नै खुम्बु क्षेत्रको पर्यटन मार्ग निर्माणमा समर्पण गर्नुभएकाे थियाे । उहाँले सगरमाथा क्षेत्रको जीर्ण पदमार्ग निर्माणका लागि विदेशी पर्यटकबाट चन्दा सङ्कलन गरी बाटो मर्मत गर्दै आउनुभएकाे थियाे । उहाँले ठाउँ–ठाउँमा गरी १० किलोमिटरभन्दा बढी पदमार्ग चन्दा सङ्कलनकै माध्यमबाट निर्माण गर्नुभएकाे खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयाे ।
शेर्पाकाे आज साेमवार खुम्बुका जनप्रतिनिधि, नाम्चे गुम्बा, नाम्चे युवा समूह, नेपाल प्रहरीसहितको सहभागितामा नाम्चे नजिकै बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।