संवैधानिक परिषद्को बैठक शुक्रवारका लागि आह्वान : प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने

 बैशाख ५, २०८० मंगलबार ७:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक  सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष  नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति  जुटेपछि  प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

तत्कालीन  प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लागेसँगै सर्वोच्च अदालत १५ महिनादेखि कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ। 

अन्तिम अपडेट: चैत २८, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया