गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते

 वैशाख ५, २०८० मंगलबार १८:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते हुनुभएको छ ।

छत्रकोट गाउँपालिका २ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज मङ्गलवार दिउँसो आगो निभाउने क्रममा घाइते हुनुभएकाे गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीनकुमार खड्काले जानकारी दुनुभयाे । घाइते रजालीकाे स्थानीय शृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

यस्तै छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले छत्रकोट गाउँपालिका २ डाङ्ग्रेका खिमा रजाली र दुर्गाबहादुर रजालीकाे गोठमा आगो लाग्दा गोठ जलेर नष्ट हुनुको साथै एउटा बाख्रासमेत जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छत्रकोटकै स्थानीय रुपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ पनि जलेको छ ।

अहिले जनपथ प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले आगाे निभाउने प्रयास गरिरहेकाे छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया