राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

 वैशाख ५, २०८० मंगलबार १९:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेल फेरि अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना हुनुभएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरकाे सुझावअनुसार अस्पतालमा भर्ना गरिएको हो । सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि पाैडेल निरन्तर डाक्टरकाे निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।  

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो । हिजो सोमवार पनि  छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेर फर्कनुभएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया