राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

 वैशाख ६, २०८० बुधबार ९:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई एअर एम्बुलेन्सबाट भारत लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेललाई बुधबार बिहान साढे ९ बजे श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आज भारत लैजान लागिएको हो ।

यस अघि पनि स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गएको चैत १८ गते अस्पताल भर्ना हुनु भएको थियो । उहाँ चैत २२ गते अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो । तर, फेरि स्वास्थ्यमा समस्या देखिए पछि उहाँलाई हिजो अस्पताल लगिएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rabindra Kumar Patel

    April 19, 2023, 10:17 a.m.

    सांसद हुदासम्म नेपाल कै अस्पताल ठिक हो भनेहरु उच्च पद मा पुगेसी यस्तै गर्दो रहेछ भने कुरा को भान भयो!

  •  0 Reply

तपाईको प्रतिक्रिया