इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ मा रहेकाे तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ ।
हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनः निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताउनु भयो । उहाँले करिव ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य शुरु गरी अहिले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो । करिव ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताउनु भयो ।
हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ । ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रुपमा मानिन्छ ।
स्थानीयहरुले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।