इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव भेटिएको छ ।
सुनसरीको बराहक्षेत्रमा रहेको कोसी नदीको भङ्गालो नजिक पौडी खेल्ने क्रममा डुबेकामध्ये झापाको दमक नगरपालिका–२ का १७ वर्षका नवीन न्यौपानेको शव घटनास्थल नजिकै भेटिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
यस्तै दमक–९ का १९ वर्षका रुद्र न्यौपाने र मोरङको उर्लाबारी नगरपालिका–७ का १८ वर्षका राज गुरागाईंकाे खोजी भइरहेको डीएसपी ढकालले बताउनुभयो । ती युवाहरू आफन्तको श्राद्ध गरिँदै गरेको ठाउँबाट पौडी खेल्नका लागि कोसीमा गएका उहाँले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।