ठमेलबाट २ कराेड ३३ लाख रुपैयाँ बराबरकाे काेकिनसहित २ विदेशी पक्राउ

 वैशाख ७, २०८० बिहीबार १६:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक केजी ८० ग्राम लागुऔषध काेकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशकाे अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् ।

गएकाे वैशाख ५ गते रविन्द्रकुमार र एन्ड्रिटुलाई काठमाण्डाैकाे ठमेलमा रहेकाे छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयाे । उनीहरूको साथबाट कालो रङ्गको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रङ्गको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा एक केजी ८० ग्राम कोकिन बरामद गरिएकाे उहाँले बताउनुभयाे । साथै प्रहरीले महिलाकाे साथबाट एक हजार अमेरिकी डलर पनि बरामद गरेकाे छ । 

उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाण्डाै जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जाेशीले बताउनुभयो । बरामद कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया