इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
जाजरकाेट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा ज्यान गुमाउने दुई जना कामदारको परिचय खुलेको छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ र जाजरकोटको तल्लो बगर जोड्ने भेरी नदीमा बन्दै गरेको बेलिब्रिज भाँचिदा भारतीय कामदार धर्मेन्द्र गौतम र पुरुषोत्तम प्रशान्तको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोक्काले जानकारी दिनुभयाे । उहाँका अनुसार घटनामा अरू छ जना घाइते भएका छन् । घाइते गोरखनाथ, संजय गौतम, सोनी चमार, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमारको नलगाड नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।
यस्तै बेलिब्रिज निर्माणमा संलग्न नवलपरासीका निरजकुमार चौधरीको भने सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा बन्दै गरेकाे बेलिब्रिज भाँचिएको हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरिडोरमा पर्छ ।
हिमशिखर खड्का जेभीले तीन करोड ८४ लाख रुपैयाँमा बेलिब्रिज बनाइरहेकाे छ । निर्माण व्यवसायी बुद्धिबहादुर खत्रीका अनुसार बेलिब्रिज निर्माणको अन्तिम चरणमा थियो र सङ्घीय सरकारलाई बेलिब्रिज हस्तान्तरण गर्ने तयारी भइरहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।