साढे २९ किलो चरेससहित रुकुम पूर्वको एकै ठाउँका ३ जना पक्राउ
फागुन २७, २०८१ मंगलबार
नवलपरासी – अरुणखोलामा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, भाेजपुरका वर्ष २७ का रामजित राई, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सुहन कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
एकजनाको परिचय खुल्न बाँकी छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको भरतपुर अस्पताल र मनकामना पोलिक्निकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडीको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।
याे पनि पढ्नुहाेस् ।
नवलपरासीमा बस दुर्घटना, ५ जनाको मृत्यु
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।