स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो

 बैशाख ८, २०८० शुक्रबार १८:१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी गराउनुभएको हो । एईपीए फिल्टरबाट बनेको कृत्रिम फोक्सो काठमाण्डाै उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले १५ दिनमै कालो भएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत २४ गते मन्त्रालयको प्रवेशद्वारमा फोक्सो जडान गरिएको थियो । १५ दिनमा आएको परिवर्तनलाई तस्बिरका माध्यमले बुझाउन विभिन्न ठाउँमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । एक महिनाका लागि राखिएको भए पनि १५ दिनमै कालो भएपछि फोक्सो निकालिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा गाडीबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोको साथै घर, रेस्टुरेन्ट तथा होटेल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदि प्रयोग हुनु रहेको छ । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याहरूका साथै हृदयाघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया