खुम्बु क्षेत्रमा वैशाखमा हिमपात, पर्यटक उत्साहित (फाेटाेसहित)

 बैशाख ९, २०८० शनिबार ९:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो ।

हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् ।

वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ खेल्ने पर्यटकले भरिभराउ बनेको छ । हिमपात पनि भएको र आज बिहानैदेखि घाम लाग्दा खुम्बु क्षेत्र टलक्कै टल्किएको स्थानीय फुर्वा शेर्पाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया