जुम्लाको चन्दननाथमा भएको आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

 वैशाख ९, २०८० शनिबार ११:५२:१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको चन्दननाथ आँखा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा दुई सय ४१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म चलेको निःशुल्क शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको आँखा अस्पताल जुम्लाले जानकारी दिएको छ ।

शिविरका आठ सय २३ जनाको आँखा जाँच भएको एकीकृत आँखा, कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसीपुर दाङ र कर्णाली स्वास्थ प्रतिस्ठान जुम्लाको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ चन्दननाथ आँखा अस्पताल जुम्लाले शिविर गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा.सन्तोष सुवेदी र डा. विश्वराज तिमल्सिना नेतृत्वमा गएको प्राविधिक टोलिले सेवा दिएको शिविरमा जुम्लाका ६ पालिकासहित छिमेकी जिल्ला कालीकोटबाट समेत आँखा जाँच गर्न पुगेका थिए ।

यस्तै निःशुल्क आखाँ जाँच शिविर सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आज र भोलि सञ्चालन गरिँदैछ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया