इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया आज मनाइँदै छ । आज जौको सातु खाएर र दान गरेर अक्षय तृतीया मनाइन्छ ।
जौको सातु र सर्बत वैशाखको गर्मीमा अमृत समान हुने हुँदा दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको चलिआएको परम्परा हो । जौको सातु र सर्बत खाएमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने स्वास्थ्य विज्ञले पनि बताउँदै आएका छन् ।
आज वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै अक्षय फल प्राप्त हुने अर्थात् यस दिन गरेको शुभ कामबाट कहिल्यै नाश नहुने विश्वास रहेको नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. देवमणि भट्टराईले बताउनुभयो ।
यस्तै, अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ । अष्टचिरञ्जीवी मध्येका एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएको विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। परशुरामको भगवान विष्णुको छैटौँ अवतारका रूपमा जन्म भएको मानिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।