वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा पाटनमा रक्तदान कार्यक्रम हुँदै

 वैशाख १०, २०८० आइतबार ९:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा आज ललितपुरको पाटनमा रक्तदान कार्यक्रम हुँदैछ । पाटन दरबार क्षेत्र मंगलबजारमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम हुन लागेको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर १६, रोटरी क्लब अफ यला र नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा ललितपुरको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि रेडियो अडियो र लाइन्स क्लब अफ काठमाण्डौलगायतका संस्थाले सहयोग गरेका छन् ।

अग्रज हास्य कलाकार मदनकृष्ण श्रेष्ठ वि.सं २००७ सालको वैशाख ७ गते काठमाण्डौमा जन्मनु भएको हो । श्रेष्ठले खोलावारि खोलापारि पिपलु र बर, अरबौँ मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छेलगायत धेरै गीत गाउनु भएको छ । उहाँले नेपाल भाषा पनि गीत गाउनु भएको छ । उहाँ र कलाकार हरिवंश आचार्यको जोडीलाई मह जोडी भनेर पनि चिनिन्छ ।

मह जोडीले टेलिशृङ्खला, स्टेज कार्यक्रम तथा चलचित्रमार्फत् सामाजिक चेतना जगाउने काम गर्दै आउनु भएको छ । यो जोडीको दशैँ, १५ गते, हरिबहादुर मदनबहादुरलगायत टेलिशृङ्खला, लोकप्रिय छन् ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया