पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।
विश्वविद्यालयको बाटो हुँदै बिहान–बेलुका आवतजावत गर्ने गाडीसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गएकाे चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत चितुवाले आक्रमण गरेको थियो । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग चितुवा ठाेक्किएकाे थियो ।
त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि नागरिक र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । तर चितुवा पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघिदेखि फेरि पासो थापिएको थियाे ।
नजिकको जङ्गल, त्रिवि परिसरका विभिन्न ठाउँमा रहेका झाडीका कारण चितुवा आउने गरेकाे प्राचार्य राईले बताउनुभयो । 'यहाँ छाडा छोडिएका बहर र कुकुरकाे सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ', उहाँको भनाइ छ ।
पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहबरमा बुझाइने राईले बताउनु भयाे । चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फाँड्ने र मानिसको आवतजावत हुने सबै ठाउँमा बत्ती जडान गर्ने कार्य भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।