सिन्धुली : आगलागीमा ४ वटा घर नष्ट, १ करोड १६ लाख रुपैयाँभन्दा धेरैको क्षति

 वैशाख ११, २०८० सोमबार १४:४५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – सिन्धुलीमा आज साेमवार बिहान भएको आगलागीबाट चार वटा घर जलेका छन् । कमलामाई नगरपालिका २ को चियाबारीमा राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगोले कौशल थापा, योगबहादुर थापा र गंगाबहादुर थापाको घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राजकुमार श्रेष्ठको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगलागीमा परि नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया