मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना : तीन जनाको ज्यान गयो, दुई जना घाइते

 बैशाख १२, २०८० मंगलबार ६:४५:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते मनहरी–३ का २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ मनहरी–३ कालीदमारमा गएराति ९ बजे पल्टिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया